पोखरामा आफैलाई आ’गो लगाएर ज्यान फाल्ने प्रयास गर्दा एकजना महिला र अर्का एकजना पुरुष गरि दुईजना घा’इते भएका छन्। पोखरा महानगरपालिका–१३, काँहुखोलामा आग’लागीले जलिरहेका दुइजनालाई प्रहरीले उ’द्धार गरेर उपचारार्थ अस्पताल पु¥याएको थियो। आ’गो लगाएर ज’ल्नेमा एकजना महिला र अर्का एकजना पुरुष रहेका छन्।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुवास तिमिल्सेनाका अनुसार आत्मदा’हको प्रयास गर्दै आफ्नै शरिरमा आ’गजनी गरेको अवस्थामा उनीहरुलाई प्रहरीले उद्धार गरेको हो। आ’गोले जलिरहेको बेला उनीहरुलाई उ’द्धार गरेर अस्पताल पु¥याइएको उनले बताए।
‘पुरुषले पहिला शरिरमा आ’गो लगाएको देखिएको छ। त्यो आगो निभाउन जाने क्रममा महिला पनि जल्न पुगेकी हुन,’ उनले भने, ‘आफैले आफैलाई आ’गो लगाउनुको कारण खुलेको छैन।’
आफैले आफैलाई आगजनी गरेका उनीहरु फरक परिवारका सदस्य रहेको प्रहरीले बताएको छ। गोपनियताका लागि प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।
आगलागीबाट जलेका दुवैजनाको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आक’स्मिक कक्षमा उप’चार भइरहेको छ। अस्पतालका एकजना चिकित्सकका अनुसार महिलाको अवस्था गम्भि’र छ। महिलाको करिब ९० प्रतिशत भाग जलि’सकेको ती चिकित्सकले बताए।
पुरुषको भने करिब २५ प्रतिशत मात्र भाग जलेको छ। यसअघि काठमाडौँको नयाँ बानेश्वरमा केही दिनअघि इलामका प्रेम प्रसाद आचार्यले आत्मदा’हको प्रयास गरेका थिए । उनको उपचार गर्दागर्दै निधन भएको थियो । नागरिक दैनिकमा खबर छ ।