आज अर्थात माघ १६ गतेदेखि सरकारी कार्यालय ५ बजेसम्म भएका छन् । आजदेखि सरकारी कार्यालय समय अपरान्ह ५ बजेसम्म भएको हो । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरेको थियो ।
जाडो यामको तीन महिना भने कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । बाँकी नौ महिना ७ घण्टा र शुक्रबार दिउँसो ३ बजेसम्म सरकारी कार्यालयको समय तोकिँदै आएको छ ।
यो पनिः
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाललाई सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भेट गरी विद्यालय कर्मचारीका मागबारे पुनः ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी, वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, महासचिव शान्तिनाथ योगी, रा.स.स.रुद्र कुमार श्रेष्ठ, बाग्मती प्रदेश अध्यक्ष रामशरण फुयाल, काठमाडौं जिल्ला अध्यक्ष देवीराम भुसालले शिक्षामन्त्री खनाललाई भेटेर ध्यानाकर्षण गराएका हुन् । यसअघि पनि विद्यालय कर्मचारी परिषद्ले शिक्षा मन्त्रीलाई भेटेको थियो ।
शिक्षामन्त्री खनालले विद्यालय कर्मचारी परिषद्को माग र मुद्दालाई सिरियस्ली लिएको बताउँदै टुंगोमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ ।