आफूले सहयोग माग्दा गृह मन्त्रालयले नसुनेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अर्को रणनीति अपनाएका छन् । शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै सहयोग मागेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री र मेयर शाहबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
पछिल्लो समय मेयर शाहका काम कारबा’हीलाई लिएर काठमाडौंका बासिन्दाहरूले वि’रोधसमेत गरिरहेका छन्। निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएको भन्दै आन्दो’लनसमेत भइरहेको छ।
शाहले महानगरका काम कारबा’हीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्। शाहले सुकु’म्बासी बस्ती हटाउन संघ सरकारको सहयोग समेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाएका थिए।
यसअघि गृहमन्त्री रहेका रवि लामिछानेसँग बालेनले सहयोगको अपेक्षा गरेका थिए । तर, गृहको जवाफ आएन ।