प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री कसलाई बनाउने भन्नेबारे आलटालको जवाफ दिएका छन् । सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा उनले सञ्चारकर्मीहरुलई टार्ने जवाफ मात्र दिएका छन् ।
उनलाई सञ्चारकमीलेप्रश्न गरे– ‘गृहमन्त्री कसलाई बनाउँदै हुनुहुन्छ ?’ सञ्चारकर्मीले प्रश्न गर्दा नगर्दै प्रधानमन्त्री प्रचण्ड आफ्नो सवारी साधनतर्फ धकेलिए । तैपनि सञ्चारकर्मीले छाडेनन् र पुन प्रश्न गरे ।
‘बनेपछि थाहा पाउनुहुन्छ’, तीन शब्दमा प्रचण्डले जवाफ दिए । त्यसपछि सञ्चारकर्मीले दोस्रो प्रश्न गरे । राष्ट्रपतिमा के भयो ? तर प्रधानमन्त्री प्रचण्डलाई यो प्रश्न सोध्दा सोध्दै प्रचण्ड गाडीमा चढेर हुइँकिसकेका थिए । पछिल्लो समय गृहमन्त्री र राष्ट्रपतिका बारेमा राजनीतिक दलदेखि सर्वसाधारणमा समेत चासो बढेको छ ।