निहारिका राजपुतबाट बला’त्कारको आ’रोप लगाइएका शिवराज श्रेष्ठले छोराको फोटो फेसबुकमा पोष्ट गरेका छन् । उनले ‘माइ हिरो’ लेखेर फोटो आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गरेका हुन् ।
बिहीबार साँझ सामाजिक सञ्जालमा पोष्ट गरिएको फोटो शिवराजमाथि जब’र्जस्ती कर’णीको आ’रोप लगाउने निहारिका राजपुतबाट जायजन्म भएको बालकको तस्वीर हो ।
ढाकाको टोपीमा सजिएका बालकको तस्वीर पोष्ट गर्दै शिवराजले लेखेका छन्, ‘माइ हिरो स् भियान श्रेष्ठ राजपुत’ । त्यसपछि शिवराजले लभ साइनको इमोजी समेत पोष्ट गरेका छन् ।
स्मरणीय के छ भने केही समय अगाडि मात्रै उच्च अदालत जनकपुरले बालक र आ’रोपित शिवराजको डीएनए टेष्ट गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गरिएको टेष्टमा बालकको डीएनए शिवराजसँग म्याच भएको थियो । उच्च अदालत जनकपुरका श्रोतका अनुसार शिवराज र बालकको डीएनए ९९ दशमलब ९९ प्रतिशत मिलेको छ ।
उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेकै समयमा शिवराजले बिहीबार साँझ बालकको फोटो पोष्ट गर्दै माइ हिरो लेखेका हुन् । यता, आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका राजपुतले प्रतिवादी शिवराज श्रेष्ठले फेसबुकमा पोष्ट गरेको बालकको फोटोसहितको स्टाटस सेयर गरेकी छिन् ।
बिहीबार राती शिवराजले गरेको बालकको तस्वीर सहितको पोष्ट रिपोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो बाबु हो ।’