काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छा’नबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धार दुरुपयोग आयोग,राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् ।
मेयर बालेन्द्रका सहयोगीहरूबाट प्राप्त जानकारी अनुसार ३५ देखि ४० जना कर्मचारीहरुको सम्पत्ति छान’बिन हुन लागेको हो । महानगरमा करिब २१ सय जना कर्मचारी कार्यरत छन् ।
काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख,वडा सचिव, केही नगर प्रहरीलगायत विभिन्न शाखामा कार्यरत तल्लोतहदेखि माथिल्लो तहसम्मका कर्मचारी छन् ।
विभिन्न बहाना’बाजी बनाउँदै सेवाग्राहीलाई झुलाउने, दुःख दिने जस्ता गुनासाहरू महानगरमा आइरहेको छ । जनतासँग प्रत्यक्ष रुपमा जोडिएका कामहरू चाँडो गर्न र कुनै पनि बहानामा जनताले दुःख नपाउने गरी सम्पन्न गर्न मेयर शाहले निर्देशन दिए पनि सेवाग्राहीबाट निरन्तर रुपमा गुनासो र भ्र’ष्टाचारको गुनासो आउन थालेपछि बालेन्द्रले उक्त निर्णय लिएको उनका एक सहयोगीले बताए ।
वडा स्तरमा कार्यरत कर्मचारीहरु समेत कमि’सनको लोभमा टेण्डर तथा कोटसनका कामहरुमा बढी ध्यान दिन थालेको बालेन्द्रको टिमले जनाएको छ । -कान्तिपुरबाट