क्रिकेटर सन्दीप लामिछानेका लागि अर्को खुसीको खबर आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ब’लात्कारको अभि’योग लागेका उनको निल’म्बन फुकवा गर्ने निर्णय गरेको छ ।
मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । किशोरी बला’त्कारको आ’रोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो ।
२० असोजमा प’क्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्प’क्षका लागि कारा’गार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौ’टीमा शर्तसहित रि’हा गर्न आदेश दियो ।
२९ पुसमा उनी रि’हा भएसँगै क्यानले निलम्बन फुकु’वाबारे छलफल थालेको थियो । यता, महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशबारे सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।