कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले यसै साता विवाह गर्ने भएकी छिन् । ‘यसै साता पण्डितलाई दिन देखाएर हेराएर माता जानकी मन्दिरमा विवाह गर्ने तयारी गरेका छौं’ उनले भनिन् ।
आ’रोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेपछि विवाहको तयारी गरेकी हुन् । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवा’नी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी हुन् ।
त्यसपछि श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । शिवराजको अहिलेको प्रस्तुती, उनको बच्चा र म प्रति देखाएको सद्भावले संगै बस्ने निर्णय गरेको निहारिकाको भनाई छ ।
‘छिट्टै नागरिकता, विवाह दर्ता सहितका कागजात पनि बनाउने सहमती भएको छ ।’ उनले थपिन । अझै पनि शिबराजका परिवारका केहि सदस्यहरु नमानेको भए पनि शिवराले हिम्मत देखाएर अपनाउँछु भनेपछि सोच्न बाध्य निहारिकाको भनाई छ ।
निहारिकाले आफू बला’त्कृत भएको र कानूनी उपचा’रका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आ’न्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक प’क्राउ समेत परेकी थिइन् ।
उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मु’द्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् ।
यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २०७८ माघ २४ गते मा श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरु’द्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् । राजधानी दैनिकमा समाचार छ ।