श्रीमती बबिता बानिया जेरीसँग डि’भोर्स भएर एकल रुपमा बसेका गायक शंकर क्षेत्री दुलहाको रुपमा देखिएका छन् । उनी भाइरल टेलरवाली भनेर चिनिएकी निशाको श्रीमाानका रुपमा भिडियोमा देखिएका छन् ।
दुवैले नयाँ म्युजिक भिडियोमा सहकार्य गरेका छन् । श्रीमती बबिता बानिया जेरीसँग कानुनी रुपमा अलग्गिएर बसेका शंकर क्षेत्री लामो समयपछि नयाँ गीत लिएर दर्शक सांगीतिक बजारमा फर्किएका हुन् ।
दुलहा दुलहीको पहिरनमा भेटिएका शंकर क्षेत्री र भाइरल टेलरवाली निशाले मिडियामा दोहोरी गाउँदै रमाइलो कुराकानी समेत गर्न भ्याए । उनिहरुले पर्दामा नभई वास्तविक जीवनमै बिहे गरेका जसरी मिडियामा कुरा गर्न समेत पछि परेनन् ।
उनीहरुले पञ्चेबाजाले बोलेको गीत सार्वजनिक गरेका हुन । विवाहको पोसाक र पहिरनमा देखिएपछि धेरैले उनीहरूको वास्तवमै विहे गरेको सोचेका थिए ।