‘प्राविधिक शिक्षा आजको आवश्यकता’, भन्ने मुल नाराका साथ कीर्तिपुर नगरपालिका-९ मा नेसनल एजुकेसन एण्ड ट्रेनिङ हब (एनइटिएच) नामक इन्सटिच्युट सञ्चालनमा आएको छ । बुधबार इन्सटिच्युटको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष नैन सिंह महरको उपस्थितिमा गरिएको हो।
इन्सटिच्युटमा कोरियन जापानिज भाषा, शिक्षक सेवा आयोगका कक्षाहरु, ट्युसन कक्षाहरु र सीपमुलक तालिमहरु सञ्चालन गरिने संस्थाका सञ्चालक महेश रावलले बताए । इन्सटिच्युटमा कक्षा लिन चाहाने गरिब र जेहेन्दार बिद्यार्थीलाई छात्रवृतिको पनि व्यवस्था गरिएको उनको भनाई छ ।
संस्थाले देशैभर विभिन्न सीपमुलक घुम्ती तालिमहरु पनि सञ्चालन गर्न लागिएको रावलले बताए । वर्तमान समयमा प्राविधिक शिक्षाको आवश्यकता बढ्दै गएकाले गुणस्तरीय सेवा दिन आफूले यो संस्था सञ्चालनमा ल्याएको उनको भनाई छ ।