काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष केपी शर्मा ओलीबिच मत’भेद देखिन थालेको छ ।
सत्ता गठबन्धनमा रहेको सबैभन्दा ठुलो दल एमाले अध्यक्ष समेत रहेका ओली र दाहालबिच गृहमन्त्रालय कसलाई दिने भन्नेबारेमा फरक-फरक विचार सार्वजनिक भएको हो ।
मंगलवार प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई गृह मन्त्री बनाउन अदालतको पूर्णपाठ कुर्न आफूलाई सुझाव आएको बताएका थिए। तर बिहीवार विराटनगर पुगेका ओलीले प्रचण्डको ठीक वि’परित धारणा व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले अदालतको पूर्ण पाठको आवश्यकता नै नभएको बताउँदै प्रचण्डलाई काउन्टर दिन लागेका हुन् ।
नागरिकता सम्बन्धी विवा’दमा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने प्रतिनिधि सभा सदस्यका लागि अयोग्य भएको फैसला गरेको छ ।
गठबन्धनमा खटपट नआएको, राष्ट्रपतिमा एमालेको उम्मेदवारमै गठबन्धनमा सहमति हुने दाबी गरेका ओलीले नेपालीक कांग्रेसप्रति भने आ’क्रोश व्यक्त गरेका छन ।