पाँच महिनापछि क्रिकेट मैदानमा फर्किएका सन्दीप लामिछानेमाथिको नि’लम्बन फुकुवा गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आप’त्ती जनाएका छन् । उनले बला’त्कार आरो’प लागेका लामिछानेमाथिको नि’लम्बन फुकुवा गर्नु गलत भएको बताएका हुन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै थापाले बला’त्कार आ’रोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघको निर्णय गलत भएको बताए।
उनले बला’त्कारजस्तो ग’म्भीर आ’रोप लागेका व्यक्तिले विशेषाधिकार पाउन नसक्ने र पाउन नहुने उल्लेख गरेका छन्। उनले लेखेका छन्,’अदालतमा विचाराधीन मु’द्दाका अभियु’क्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ।
मेरो धारणा स्पष्ट छ(बला’त्कार जस्तो गम्भी’र अ’भियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न। एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष(जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा
रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन। पुनः दोहोर्याउन चाहन्छु ( बला’त्कार जस्तो गम्भी’र अभि’योगमा अदालतमा मु’द्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। ‘