पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा झुट बोलेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताका विषयमा झुट बोलेका हुन् ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा ओलीले निर्वाचन आयोगले रवि लामिछानेको परेको उ’जुरी बदर गरेको बताएका हुन् । ओलीले भनेका छन्, ‘निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेको, त्यसबेला उ’जुरी परेको, उ’जुरी ठीक नठहरेको, बद’र भएको, उम्मेदवार हुन पाउँछ, वैधानिक छ भनेर निर्वाचन आयोगले उम्मेदवारी सदर गरेको ।’
तर, आयोगले लामिछानेको नागरिकता विवादमा यस्तो निर्णय दिएको छैन । रवि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा २९ कात्तिकमा राजकुमार पाण्डेले उ’जुरी दिएका थिए । जुन उ’जुरी उम्मेदवारीमाथिको दाबी वि’रोध गर्नुपर्ने समय सकिइसकेपछि आएको थियो ।
४ मंसिरको निर्वाचन आउनभन्दा ५ दिनअघि परेको उ’जुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० कात्तिक २०७९ मा सात दिनको समय दिएर लामिछानेसँग स्पष्टीकरण मागेको थियो ।
‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने ? यदि उजुरी साँचो होइन भने तपाईंका प्रमणहरूसहित सात दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नू’ भनी स्पष्टीकरण सोधेको थियो ।