प्राइम टाइम्स टेलिभिजन र रिपोटर्स क्लबका अध्यक्षसमेत रहेका पत्रकार ऋषि धमलाको स्वास्थयमा समस्या आएको छ । उनलाई १०३ डिग्री ज्वरो आएको हो । ज्वरो आएपनि धमलाले प्राइम टाइम्स टेलिभिजनमा ‘जनता जान्न चाहन्छन’ कार्यक्रम चलाएर पत्रकारिता प्रतिको लगाव देखाएका छन् ।
धमला आफ्नै बिहेको दिन पनि कार्यक्रम नछोड्ने पत्रकार हुन् । उनी बिहान ५ बजेदेखि राति अबेरसम्म पत्रकारितामै खटिन्छन् । उनले कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘जोकर’ भन्दै ५ करोड बार्गे’निङ गरेको आरो’प लगाएको प्रसंग निकालेका थिए ।
‘मलाई १ सय ३ डिग्रीको ज्वरो आएको छ’ भन्दै कार्यक्रममा देखिएका उनले टीभी स्क्रिनबाट रविलाई ९ मिनेटजति ‘राजनीतिको शिक्षा’ दिएका छन्।
भिडियोमा उनले पूर्वाग्रही भएर आफूले पत्रकारिता गरेको प्रमाण लिएर आउन रविलाई चुनौती दिएका छन्। यदि त्यस्तो पुष्टि भए पत्रकारिता नै छोडिदिने घोषणा गरेका धमलाले रविलाई सोच विचार गरेर बोल्न चेतावनी पनि दिएका छन् ।
रविले आईतवार विशेष पत्रकार सम्मेलन गरेर मिडिया र पत्रकारमाथि आ’क्रोश पोखेका थिए। उनले ‘सर्कस चलाउन जोकर चाहिन्छ’ भन्दै धमलालाई जोकरको संज्ञा दिएका थिए।