नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका हुन् । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् । सरकार ढलेको विषलाई लिएर नागरिक उन्मुक्ति पार्टीले भूकम्प मात्र गएको बताएको छ ।
सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि मुख्यमन्त्री रावल नेतृत्वको सरकार ढलेको हो । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफूहरूको काठमाण्डौको आगमनले प्रदेश सरकारमा भूकम्प गएको बताएका छन। उनले भने , ‘भूकम्पको धक्का गएको छ ।
यसले कति असर गर्छ, त्यो उनीहरुलाई नै थाहा होला ।’ पार्टीका संरक्षक रहेका रेशम चौधरीको निगरानीमा डिल्लीबजारस्थित केन्द्रीय का’रागारमै उनले आफूहरु शरणमा नपर्ने बताएका छन । उनले भने, ‘हामीलाई मधेसी दलजस्तो ठानेका होलान् ।
हामी पश्चिमी थारु हौँ । हामी मधेसी दलले जस्तो शरणमा परेर जानेवाला छैनौँ ।’ एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए ।
५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको अवस्था छ ।
यता, यसको कम्पन एमालेको केन्द्रीय तहसम्म परेको छ । कतिपय विश्लेषकहरुले एमालेमा भूकम्प गएको बिश्लेषण गरेका छन् ।