निवर्तमान उपप्रधान, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारेको छानबिन अघि बढेको छ । उनले पासपोर्ट दुरु’पयोग गरेको मु’द्दामा सरकारी वकिल कार्यालय काठमाडौंले छानबिन थालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र अध्यागमन विभागले उजुरी लिन नमानेपछि सिन्धुलीका युवराज पौडेल सफलले वकिल कार्यालयमा निवेदन दिएका थिए।
निवेदन परेपछि वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागमा बुधबार पत्र पठाइसकेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले बताए।
नागरिकताको मु’द्दामा दो’षि ठहर भएका लामिछानेले सोही नागरिकताका आधारमा पासपोर्ट लिएर दूरु’पयोग गरेको उजुरीमा उल्लेख छ। उनले पासपोर्ट दूरुपयोगको मु’द्दामा छानबि’न गर्न भन्दै प्रहरीमा निवेदन दिएका थिए। तर प्रहरीले हालसम्म पनि उक्त निवेदन दर्ता गरेको छैन।
प्रहरीले दर्ता नगरेपछि उनले सरकारी वकिल कार्यालयमा निवेदन दिएका हुन्। रवि लामिछानेले जानि जानि झु’टो विवरण बुझाई पासपोर्ट लिएको निवेदनमा उल्लेख छ।
पौडेलले मु’लुकी फौ’जदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमाृजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। उक्त क’सुर अनुसार लामिछानेलाई ३ वर्षसम्म कै’द र ३० हजार रुपैयाँ जरि’वाना हुने कानुनी व्यवस्था छ।