काठमाडौं । जनयु’द्ध दिवसको अवसर पारेर बागमती प्रदेश सरकारले यही फागुन १ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ ।
सूचनामा भनिएको छ– ‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को माघ २४ गतेको बैठकले जनयुद्ध दिवसको अवसरमा २०७९ फागुन १ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।’
सूचनामा मन्त्रालयका उपसचिवरप्रवक्ता अनुशील सापकोटाको हस्ताक्षर छ ।
यस्तै कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले ‘जनयु’द्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको छ ।
बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सुचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि सुचना प्रकाशित गरिएको छ ।’
यसअघि कर्णाली प्रदेशले गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुबै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठने छ ।