त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जिएम प्रेमनाथ ठाकुरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविनका लागि निलम्बन गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । ठाकुरले थाइ स्माइल एयरवेजका प्रतिनिधिसँग आर्थिक लाभ लिन गरेको संवाद बाहिरिएको छ ।
ठाकुरले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ अनुमति नवीकरणका लागि आएका कम्पनीका प्रतिनिधिसँग कुरा गरेका छन् । सो संवादमा कम्पनीका प्रतिनिधिसँग अन’धिकृत आर्थिक लाभ दिलाउन प्रस्ताव गरेको आरो’पमा उनी निलम्बित भइसकेका छन् । अब अख्तियार दुरुप’योग अनुसन्धान आयोगमार्फत पनि उनको यो अडियोमाथि छान’बिन हुनेछ ।
संवादमा कुन प्रयोजनका लागि रकमको लेनदेनको कुरा भएको हो खुल्दैन । तर, कम्पनीका प्रतिनिधिले रकम खर्चिंदा समस्या रहेको बताएपछि ठाकुरले ‘रवि’को नाम लिंदै उसैसँग कुरा भइसकेको बताउँछन् । कुराकानीमा रवि को हुन् भन्ने स्पष्ट खुल्दैन । तर, थाइ स्माइल एयरवेजका ‘जीएसए’ (जनरल सेल्स एजेन्ट)रवि सिंहको नाम लिएको जस्तो बुझिन्छ ।
ठाकुरले थाइ एयरवेजको सबै काम बैंककबाट हुने कुरा थाहा भएको र ‘रवि’ले सबै कुरा भएर टुंगिसेकको बताएको दोहोर्याउँछन् । उनीहरुबीच पैसाको कुरा हुन्छ । ठाकुरले रविले नै सबै बन्दोबस्त गर्न सक्ने बताउँछन् ।
तर, कम्पनीका प्रतिनिधिले पैसा निकाल्न ‘इभोइस’ (बिल) चाहिने बताउँछन् । ठाकुरले रविसँग कुरा भइसकेको र उसैले व्यवस्थापन गर्न सक्ने दोहोर्याइरहन्छन् ।
कम्पनीका प्रतिनिधिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पैसा दिन तयार रहेको बताउँछन् । ठाकुरले ‘जीएसए’ ९जनरल सेल्स एजेन्ट०ले व्यवस्थापन गर्ने भन्दै फेस्टिभल र कार्यक्रमहरु आयोजना गर्न सकिने पनि बताउँछन् । उनले वेल्फेयर (कल्याणकारी) फन्डबाट पनि व्यवस्थापन हुनसक्ने विकल्प दिन्छन् ।
तर, कम्पनीका प्रतिनिधिले समस्या दर्शाइरन्छन् । तर, ठाकुरले ‘रवि’सँग कुरा भइसकेकाले इन्भोइसको चिन्ता नगर्न र कम्पनीका बोससँग कुरा गर्न पनि भन्छन् । रवि आइतबार मलेसियाबाट फर्किने र त्यसपछि कुरा गर्ने बताउँछन् ।
कम्पनीका प्रतिनिधिले ३ लाख पर्याप्त हुन्छ कि हुँदैन भनेर प्रश्न गर्छन् । ठाकुरले भन्छन्,‘ धेरै दबाब छ, रविसँग कुरा गर्नूस्, अनि फाइनल गरौंला ।’
ठाकुर भने आफूमाथि लगाइएको आरोप झुटो र कपोकल्पित भएको बताउँछन् ।