भोलि अर्थात माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको छ । नेपाल चिकित्सक संघले यस्तो निर्णय गरेको हो ।
संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथिको प्रहरीले गरेको ला’ठीचार्जको घटनाबाट ग’म्भीर ध्या’नाकर्षण भएको बताएको छ ।
संघले आज एक विज्ञप्ति जारी गरी माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा।जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले ला’ठी चार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति ग’म्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अध्यक्ष डा।लोचन कार्की र महासचिव डा। बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ स् ‘२०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले ला’ठ्ठीजार्च गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक संघको ग’म्भीर ध्यानाकर्षण भएको छ ।’
संघले त्यसको विरोधमा माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ स् ‘मिति २०७९ माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’