गायिका एलिना चौहानले चिन्दाचिन्दै रवि लामिछानेलाई चिन्दिनँ भनेपछि त्यसो भन्नुको कारण खुलाएकी छिन् । उनले सामाजिक संजालमा एकपोष्ट गर्दै रवि लामिछाने चिन्दिन भनेको भन्दापनि पर्सनर्ली चिनजान नभएको बताएको स्पष्ट पारेकी हुन् ।
‘मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ’ उनले अगाडि भनेकी छन्, ‘रवि दाइ समाजसेवी र युवा नेता हो । त्यसमा कुनै शङ्का छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला ।’
टिकटकतिर सानो क्लिप काट्दै अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्ने काम भएको उनको बताइन् । उनले भनिन्, ‘भावनामा बगेर भन्दा पुरै अन्तरवार्ता हेरेर मात्र आफ्नो धारणा बनाउनु होला ।’ उनले पुरै अन्तर्वार्तामा आफूले गाली गर्नुपर्ने त्यस्तो कुनै काम समेत नगरेको बताइन् ।
‘म हजुरकै छोरी, चेली र बहिनी हो । त्यसैले त्यति तल झरेर गा’ली नगरिदिनु होला । मैले जानीजानी कुनै गल्ती गरेकी छैन,’ उनले भनेकी छन् ।
आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले व्यक्ति रवि लामिछाने भए पनि कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् ।