काठमाडौं । यो महिनामा ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन् ।
विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन् ।
आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिइसकेको छ । ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा रहेको छ ।
मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन् । त्यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ ।
फाल्गुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा बिदाको संख्या १२ पुग्नेछ ।
प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशको धर्म, संस्कृतिलगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन् । राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा परेका हुुन् ।
तर प्रदेशहरुले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या थपिँदै गएको छ ।