काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले गठबन्धन तोडिने संकेत गरेका छन् । अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्था रहेको संकेत गरेका छन ।
गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं । यो सफलताको कुरा हो । कथमकदाचित यो स्थिति फेरियो भने उनले संकेत गरे, “संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ” ।
उनले देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको बताउँदै त्यस्तो डकैति हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको बताए । “यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन् । हामी सचेत हुनुपर्” उनले भने ।
ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि रहेको बताए । “राष्ट्रियताको रक्षकको प्रतिनिधि एमाले हो । समृद्ध नेपाल सुखी नेपाली हाम्रो आकांक्षा हो। यो हाम्रो गन्तव्य हो । हाम्रो दृष्टिकोण यसका निम्ति स्पष्ट छ” उनले भने ।
बुर्जुवा शिक्षा बहिष्कार गर्ने नारा विल्कुल बेठिक रहेको उनको भनाइ छ । उनले भने, “मान्छेलाई अनपढ बनाउने बाटो हो त्यो। अनेरास्ववियुका विद्यार्थी ट्यालेन्ट हुनुपर्छ । आन्दोलनले गर्दा पढ्नै पाइएन भन्नै मिल्दैन। विद्यार्थीको काम पढ्ने हो। परिचयपत्र देखाएर अनेरास्ववियु भन्ने नहोस् । ”
“विचार, तर्क, कामको उत्कृष्टताबाट अनेरास्ववियु चिन्न पाइयोस्,” उनले भने ।