निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अर्का भीम रावलको जन्म भएको टिप्पणी हुन थालेको छ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको ‘बा’ प्रवृत्तिविरु’द्ध पार्टीमै संघर्षरत ‘भीम रावल’को आजकल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि चर्चा भइरहेको हो ।
रास्वपा सभापति रवि लामिछानेको ‘दाइ’ शैलीको दह्रो वि’रोध गरिरहेका गणेश कार्कीलाई भीम रावल भन्न थालिएको छ । पार्टी केन्द्रीय सदस्य र सांसदहरूले उनलाई जिस्क्याउँदै ‘रास्वपाको भीम रावल’जी भन्छन् ।
वैचारिक दृष्टिकोण मजाले बाँड्न सक्ने कार्की पार्टी सदस्यमाझ लोकप्रिय छन् । तर, उनलाई महामन्त्री मुकुल ढकालले देख्यो कि मुन्टो ढल्काउँछन् । रास्वपाभित्रै रही वैचारिक मन्थन गरिरहेका कार्कीलाई सांसद हुनबाट सभापति लामिछाने र महामन्त्री ढकालले रोकेका थिए ।
चुनावमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने मेडिकल हस्ती चन्दा कार्कीलाई तानेर कार्कीलाई पन्छ्याइएको थियो तर उनले पार्टी छाडेनन् । पार्टीको केन्द्रीय समितिमै रहेर रवि लामिछाने र स्वार्थपनाको सबैभन्दा धेरै आलो’चना उनै कार्कीले गर्छन् ।