मुम्बई । शाहरुख खान अभिनित पठानले २५ दिन पुग्दा ९८८ करोड भन्दा बढी कलेक्सन गरेको छ ।
एशराज फिल्मसका अनुसार पठान हिन्दी सिनेमा इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड राखेको छ ।
चार बर्ष देखी कुनै फिल्म दिन नसकेका पठानका कारण साहरुखको मात्रै होइन, बलिउडको शाख बढेको छ ।
गत बर्ष दक्षिण भारतीय सिनेमाले भारतीय सिने उद्योगमा राज गर्दा र पछिल्लो समयमा बाइकट बलिउड ट्रेन्ड चले पनि शाहरुखको पठानले स्वयं शाहरुख र बलिउड फिल्म इन्ड्रस्टीलाई पनि शिर ठाडो बनाउने ठाउ दिएको क्रिटिक्सहरुले भन्न थालेका छन् ।
छायांकनको अन्तिम चरणमा ‘नम्बरी सुन’
ललितपुरको सिकाली चौरबाट २० दिनअघि छायांकन प्रारम्भ भएको नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ को यूनिट यतिबेला लम्जुङमा छ ।
लम्जुङको भुजुङ गाउँमा १९ औँ दिनको छायांकन पुरा हुँदा फिल्मको करिब ९० प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक राजु गिरीले बताएका छन् ।
निर्देशक गिरीका अनुसार गुरुङ भाषीहरुको बाहुल्यता रहेको भुजुङ्गमा पहिलो पटक नेपाली भाषाको फिल्म छायांकन गरिएको हो ।
७० वर्ष पुरानो कथा भएकाले पनि भुजुङ्ग गाउँमै आफ्नो फिल्मको छायांकन गर्नु परेको कथाकार तथा प्रस्तुतकर्ता नारायण खाती बताउँछन् ।
निर्देशक गिरीका अनुसार फिल्मको कथाले नै पौराणिक गाउँ खोजेकाले पनि भुजुङ्ग गाउँ पुगिएको उल्लेख गरे ।
यो फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, अनिता गिरी, मिठु मारकेन राजेन्द्र गिरी र आशा भारतीलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको फिल्ममा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय छ ।
शिभम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको यो फिल्मलाई सरोज खाती, सविन खातीले निर्माण गर्दैछन् ।