अभिनेता पल शाह जे’लबाट रिहा हुन लागेका छन् । अदालतले सफाई दिएपछि उनी सोमबार बाहिर आउने भएका हुन् । तनहुँ कारागारमा बन्दी जीवन बिताइरहेका पलले एक वर्षपछि आ’रोपबाट सफाइ पाएका हुन् ।
विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आज रिहा गर्न नभ्याइने स्रोतले बताएको छ । गत वर्षको फागुन महिनामै पक्राउ परेका थिए । उनी आफैं तनहु प्रहरी कार्यालय गएर आ’त्मसमर्पण गरेका थिए ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले उनलाई सफाइ दिएको हो । उनी भोलि जेलबाट निस्किएर काठमाडौं आउने बुझिएको छ ।
शाहले सुटिङका क्रममा बला’त्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पी’डित १७ वर्षीया ना’बालिगले आफूमाथि बला’त्कार नभएको भन्दै बयान फेरेकी थिइन्।