राष्ट्रपति निर्वाचनमा रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले के निर्णय गर्ला रु भन्ने चासोको विषय बनेको छ । रास्वपाका नेताहरु पर्ख र हेरको रणनीति रहेको बताइरहेका छन् । तर, सभापति लामिछाने भने अहिले आत्मरक्षाको रणनीतिमा रहेको जानकारी हुन आएको छ ।
विगतमा एमाले अध्यक्ष केपी ओली बलियो देखेर बालकोट धाएका लामिछाने अहिले प्रधानमन्त्री प्रचण्ड र उनको पार्टीका नेताहरुसमक्ष धाइरहेको माओवादी निकट स्रोत बताउछ ।
माओवादी नेताहरुसँगको ती हरेक भेटघाट र छलफलमा आफ्नो व्यक्तिगत सवाल रहेको बताउने गरेका छन् । माओवादी केन्द्रले भनेअनुसार नै रास्व पार्टीले मतदान गर्ने तर आफ्नो व्यक्तिगत सवालमा भने सहयोग गर्नुपर्ने बताइरहेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डको अलवा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतका नेताहरुसँग भेटेर लामिछानेले हारगुहार गरिरहेका छन् । लामिछानेको राहदानी प्रकरणमा दोषी ठहर हुने संभावना रहेको छ ।
दोहोरो राहदानी प्रयोग गरेको आरोपमा छानविन भइरहेको छ । उक्त छानविनबाट बच्नका लागि लामिछानेले प्रचण्डसँग पटकपटक भेट गरेका छन् । अहिले एमाले अध्यक्ष ओलीेले लामिछानेको सहयोग आफूहरुले पाउने बताइरहेका भएपनि लामिछाने भने राष्ट्रपति चुनावमा प्रचण्डको प्रस्ताव अनुसार अगाडि बढ्ने पक्षमा देखिएको माओवादी निकट स्रोत बताउछ ।
रवि लामिछानेमाथि लागेको आरोपसङ्ग सम्बन्धित नयाँ उजुरी पर्न थालेपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई राय मागी पठाएको, सरकारी वकिल कार्यालय काठमाडौंले नयाँ उजुरी नलिन प्रहरीलाई भनेको प्रहरी स्रोत बताउछ । साँघु साप्ताहिकबाट