पौडेलका प्रतिस्पर्धी सुवास नेम्वाङले प्रदेशतर्फ ७ हजार ७७६ र संघतर्फ ७ हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका छन ।
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा ३३ हजार ८०२ मतभार प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
पौडेल संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।
उनका प्रतिस्पर्धी सुवास नेम्वाङले प्रदेशतर्फ ७ हजार ७७६ र संघतर्फ ७ हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाए ।