अभिनेत्री करिश्मा मानन्धर र डिल्लीराम खनालबीचको प्रकरणमा नागरिक पत्र डटकमका प्रकाशक गोकर्ण प्रसाद जोशीलाई फसाइएको छ । अभिनेत्री मानन्धरको निजी जीवनबारे डिल्लीराम खनालसँग न्यु अनलाइन टिभी नाम युट्युब च्यानलबाट आपत्तिजनक अन्तर्वार्ता लिएको भन्दै जोशीविरुद्ध मुद्धा दायर भएको हो ।
डिल्लीराम खनालसँग अन्तर्वार्ता लिने न्यु अनलाइन टिभी नाम युट्युब च्यानलसँग जोशीको कुनै सम्बन्ध छैन । डिल्लीराम र जोशीबीच आजसम्म एक पटक पनि भेटवार्ता भएको छैन । भेटवार्ता नै नभएको व्यक्तिलाई अन्तवार्ता लिएको भन्दै मुद्धा दर्ता गर्नुले नेपाल प्रहरी र साइबर व्यूरोको अनुसन्धान क्षमतामाथि प्रश्न उठेको जोशी बताउँछन् ।
साइबर ब्युरो भोटाहिटी काठमाण्डुले राम्रोसँग अनुसन्धान नै नगरी फाइल बनाएपछि सरकारी वकिल कार्यालय काठमाण्डुले जोशीको नाम मुछेर गत आइतबार, फागुन २१ गते काठमाण्डु जिल्ला अदालतमा झुटो मुद्धा दायर गरेको जोशीको भनाइ छ ।
अभियोग पत्रमा सरकारी वकिल कार्यालयले डिल्लीरामको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक भन्दै त्यो च्यानलसँग कुनै सम्बन्ध नै नभएका नागरिक पत्र डटकमका प्रकाशक गोकर्ण जोशीलाई समेत प्रतिवादी बनाएर गम्भीर त्रुटीका साथै जोशीको चरित्रहत्या गर्दै भ्रम छरिएको उनी बताउँछन् ।
डिल्लीरामसँग सो विवादित अन्तर्वार्ता लिने व्यक्ति न्यु अनलाइन टिभी नामक युट्युब च्यानलका सञ्चालक शुशील बहादुर केसी हुन् । अन्तर्वार्तामा अन्तर्वार्ताकारको आवाज, च्यानलको नाम, प्रकाशित मिति प्रष्टसँग देखिन्छ ।
तर, साइबर ब्युरोले युट्युब च्यानल नै नहेरी खनालले बयान दिएको भन्दै खनाल, करिश्मा र युट्युबका सञ्चालक केसीसँग चिनजानसमेत नभएका जोशीलाई अनावश्यक रुपमा घटनामा जोडेर फसाउन खोजेको छ । ब्युरोको अपरिपक्व अनुसन्धानका कारण जोशीलाई मानसिक तनाव भएको छ । अपराध गर्ने व्यक्ति खुल्लमखुल्ला हिडिरहँदा जोशी तनावमा छन् ।
जोशीले आफू पत्रकार रहेको हैसियतले आफू नागरिकपत्र डटकमबाट जानकारी सुरुमै गराउँदै फागुन १ गतेकै आसपास खनालसँग फोन सम्पर्क गरेको बताएका छन् । सो समय खनलाले आफू झापा रहेको बताएको उनले बताए । त्यसको केही दिनपछि प्रहरीले जोशीलाई कुनै काम रहेको भन्दै साइबर ब्युरोमा आउन भनेको थियो तर, बिषय नखुलाएकाले र काठमाण्डुबाहिर रहेकाले बोलाएको समयमा जोशी जान सकेनन् ।
लगत्तै, जिल्ला प्रहरी कार्यालय बैतडीले आफन्तसँग उनको बारेमा बुझेको खबर जोशीले पाए र आफैले जिल्ला प्रहरी कार्यालयका एक अधिकारीसँग आफैँ फोन गरेर केही काम भए आफैँ सहयोग गर्ने बताए । तर, उक्त अधिकारीले रवि लामिछानेसम्बन्धी कुनै पोस्ट गरे नगरेको भन्दै साइबर ब्युरोबाट बुझ्न भनिएको बताए ।
जवाफमा जोशीले आफ्नो अनलाइनमा लामिछानेसम्बन्धी समाचारहरु प्रकाशन भएको बताए । ‘म आफैँले कुनै त्रुटी भएको वा कुनै काम भए आफैँ साइबरमा जान तयार छु भन्दा प्रहरी अधिकारीले कुनै काम छैन । यति मात्र बुझेको हो ।’, जोशी भन्छन्।
प्रहरी स्रोतका अनुसार खनालले जोशीले अन्तर्वार्ता दिन आउनुपर्यो भनि अन्तर्वार्ता लिन बोलाएको र पटकपटक अन्तर्वार्ता दिएको बताएका छन् । जबकी उनको १ पटक पनि भेटसमेत भएको छैन । खनालको सो अन्तर्वार्ता लिने लिने युट्युबका सञ्चालकसँग कुराकानी गर्दा उनले आफूले नै अन्तर्वार्ता लिएको स्वीकार गरेका छन् । उनले नै जोशीको नाम देखेर आश्चर्य व्यक्त गरेका छन् ।
स्मरण रहोस् जोहरवालाले जाहेरीमा जोशीको नाम लिएका छैनन् । अन्तर्वार्ता प्रसारण गर्ने युट्युब च्यानलमाति कारवाही होस् भनिएको छ । जसमा प्रहरीले अनुसन्धान गरी उक्त च्यानल पत्ता लगाउनुपर्ने हो । जोशीले साइबर ब्युरोलाई सबै कुरा बताउँदा पनि न्याय नपाएपछि आफैँँ फागुन २६ गते अदालतमा हाजिर भएर बयान दिएका छन् । अदालतले उनलाई पाँच हजार धरौटी तिर्न आदेश दिएको छ ।
यसरी बिना गल्ती प्रेस स्वतन्त्रमाथि हनन गर्न खोजेको भन्दै जोशीले गल्ती गर्नेलाई कारवाहीको दायरमा ल्याउन र आफूलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।