विसं २०८० सालमा ३५ दिन सार्वजनिक दिइने भएको छ । २०८० सालमा दिइने बिदाको सूचीमा विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइने भएको हो ।
सरकारले यसबारे बिहीबार राजपत्र सूचना प्रकाशन गरेको छ । सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ ।
यसबाहेक विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय छ।
राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिवार बाहेक ३५ दिन बिदा हुने भएको छ ।