गृह मन्त्रालयले नेपाल(भारत सीमा क्षेत्रका भू(भागमा उच्च सतर्कता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल(भारत सीमा क्षेत्र हाई अलर्टमा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।
भारतमा खालिस्तान नामक अलगै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल आएको वा आउन सक्ने सम्भावना बढेको भन्दै त्यस्तो निर्देशन दिइएको हो ।
मन्त्रालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत सीमित प्रहरी अधिकारीहरू नेपाल९भारत सीमा क्षेत्रमा पुगिसकेका छन् । सो विषयमा विशेष ब्युरोले प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई रिपोर्ट गरिसकेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।