लुम्विनी प्रदेशका मुख्य मन्त्रीले लुम्विनी प्रदेशसभा विघटनको प्रस्ताव गरेका छन् । प्रदेसभामा आफु विरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पोख्रेलले प्रदेशसभा विघटन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन ।
विपक्षीहरुले आफुविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गरेपछि सामाजिक संजालमा फेसबुकमा लेख्दै पोख्रेलले प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव सबैभन्दा वढि संसदमै पर्ने भन्दै प्रदेशसभा विघटन गरी निर्वाचन गर्ने प्रस्ताव गरेका हुन ।
“प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव सबैभन्दा वढि संसदमै पर्छ। यस्तोमा नयाँ जनादेश उत्तम विकल्प मानिन्छ।“ पोख्रेलले फेसवुकमा लेखेका छन् । आज विहान मात्र नेपाली कांग्रेस माओवादी र जसपा केन्द्रका सांसदहरुले पोख्रेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।