अभिनेता प्रभात पाल अभिनित “ओ हो नी” बोलको गीतको ट्रेलर सार्वजनिक भएको छ । गीतको ट्रेलर आशिष अविरल नाम युट्युब च्यानलबाट केही दिनअघि सार्वजनिक भएको हो ।
गीतमा चर्चित मोडल गरिमा शर्मा, शुमिन गुरुङ, प्रतिक गौतम, लगायतकोे अभिनय रहेको छ । शिव हमालेको शब्द र संगीत, आशिष अविरल र सुशिला पाठकको स्वर रहेको गीतको भिडियो विकास प्रसाईले निर्देशन गरेका छन । गीतको ट्रेलर सार्वजनिक भएपछि धेरै दर्शकले पूरै गीत हेर्न आतुर भएको प्रतिक्रिया दिएका छन् ।
अभिनेता प्रभातले आफ्नो नृत्य क्षमता र अभिनय कला देखाएका छन । भिडियोमा सौन्दर्यले तानेर उनलाई प्रेत आत्माको प्यारमा परेको देखाईएको छ । आत्मा बनेकी छन गरिमा । यो समाचार तयार पार्दासम्म गीतलाई झण्डै ९ हजार पटक हेरिएको छ भने गीतमा आएका टिप्पणीहरु निकै सकारात्मक छन् ।
हेर्नुस् भिडियोः