नागरिकता नपाएको भन्दै माइतीघरमा जारी आन्दोलनमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् ।
आज नागरिकताविहीन ती युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको थियो । उद्धारपछि कामतलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि आन्दोलनकारीहरु झन् उग्र बनेका छन् ।