बैतडी । नेकपा एमाले दोगडाकेदारमा भुकम्प गएको छ । एमाले परित्याग गरि एमाले दोगडाकेदार गाउँकमिटीका उपाध्यक्ष मान सिंह गोयला र सचीव धन बहादुर महराले माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
उनीहरूलाई माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका सचिव एबम सुदुरपश्चिम प्रदेश ईन्चार्ज डिलाराम आर्चायले पार्टीमा स्वागत गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो समयमा गरिरहेको लोकप्रिय कामबाट प्रभावित हुँदै आफुहरुले एमाले परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेको पार्टीमा नवप्रवेशी नेताहरुले बताए ।