सुर्खेतकी लक्ष्मी सुनारले पत्रकार सम्मेलन गर्दै जागिर लगाइदिन्छु भन्दै किरण शाही ठकुरीले ४७ लाख खाएको आरोप लगाएकी छिन् । सेना, प्रहरी लगायत विदेशमा जागिर लगाइदिने भन्दै ठगेको उनको दाबी छ ।
उनले आज रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ४८ लाखभन्दा बढी पैसा पठाएको प्रमाणसहित यस्तो बताएकी हुन् । भावुक हुदैँ उनले आफ्नो कुरा प्रस्तुत गरेकी छिन् । उनलाई सहजीकरण गर्न आफूलाई पत्रकार बताउने एकजना पनि यहाँ उपस्थित रहेको देखिन्छ ।
(पत्रकार सम्मेलनमा बोलेको भिडियो हटाइदिन दुवै पक्षको आग्रहपछि हामीले भिडियो हटाएका छौँ । लक्ष्मी सुनारले आफूले झुटो कुरा बोलेको भन्दै प्रहरी कार्यालयमा पेश गरेको कागजपत्र र आरोपित किरण शाहीको तर्फबाट खपिस सिंहले पठाएको निवेदनका आधारमा भिडियो सामग्री हटाइएको छ। आगामी दिनमा यस्ता कुराप्रति सचेत हुने प्रतिबद्धतासहित यसबाट पाठकहरुमा पर्न गएको असुविधाप्रति क्षमा चाहान्छौँ ।)