वि.सं २०३३ भदौ १२ गते उदयपुरको गाईघाटमा बुवा भक्त बहादुर र आमा गीतादेवीको कोखबाट जन्मेका हुन्, पत्रकार गजेन्द्र बुढाथोकी । प्रारम्भिक शिक्षा गृहजिल्लामै सकेर काठमाडौँबाट आएका बुढाथोकीले नेपाल कमर्स क्याम्पसबाट बि।कम।,नेपाल प्रेस इन्स्टिीच्युटबाट अल्पकलिन पत्रकारिता तालिमहरु, अमेरिकन प्रेस इन्स्टिीच्युटबाट ९ महिने आर्थिक पत्रकारिता तालिम र लावोर विश्वविद्यालयबाट आर्थिक पत्रकारिताको एडभान्स कोर्स गरेका छन् ।
कार्यानुभव
बुढाथोकील त्रियुगा अर्ध साप्ताहिकबाट १८ बर्षको उमेरमा पत्रकारितामा पाइला टेकेका हुन् । २०६५ मा रिपोटिंग गरेर फर्कदा मोटरसाइकल दुर्घटनामा परि स्पाइनल इन्ज्यूरीबाट शारीरिक रुपमा अशक्त रहेका उनले हाल टक्सार नामक मासिक म्यागेजिन, लुम्बिनी सञ्चार, अपांगता सरोकार डटकमको प्रधानसम्पादक रहेका उनले नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिक, कारोबार दैनिक,, दैनिकी डटकम लगायत मिडियामा २८ बर्ष काम गरिसकेका छन् ।
पुरस्कारहरुः
उनी सन् १९९६ मा नेपाल प्रेस इन्स्टिीच्युट र युनिसेफले दिएको पुरस्कार, सन् २००४ मा ‘Developing Asia Journalism’ अवार्ड, नेपाल सरकारबाट राष्ट्रिय पत्रकारिता पुरस्कार, सेजोन, इन्जा लगायतबाट पुरस्कृत भइसकेका छन् । जीवनको कठिन क्षण सम्झिदै भन्छन् , ‘एउटा सक्रिय पत्रकार ह्वििलचेयमा देखिनु, कति कठिन होला । म दुर्घटनामा परेपछि ७ महिना अस्पतालमा बसे ।’, उनी भन्छन् , ‘साथीहरुले एक एक रुपयाँ गरेर बचाँए । ‘
दैनिकीः
‘सुदूरपश्चिमको पीडा र हम् बुझे’, भन्दै राजा ज्ञानेन्द्रलाई व्यंग्य गर्दै विश्लेषणात्मक लेख लेखेपछि एकचोटी नेपाली सेनाले नियन्त्रणमा लिएको र चिनेका एकजना मान्छेको सहयोगमा भागेका उनले बताए । पत्रकारिताबाहेक आफूलाई शिक्षण मन पर्ने उनले बताए । कोभिडको बीचमा सुरु भएको टक्सार मिडियामा बुढाथोकीले सुरुदेखि नै घरबाटै भर्चुअल रुपमा काम गर्छन ।
‘नेपालमै पहिलोपटक भर्चुअल रुपमा काम गर्ने पत्रकार मै हुु, उनले भने । कुनै विशेष काम, बैठक भए मात्र भौतिक रुपमा उपस्थित हुन्छन् । विभिन्न कार्यक्रम, कलेज, विश्वविद्यालयमा उनी प्रेरणात्मक प्रवचनका लागि पनि डाकिने गर्छन । यसबाहेक विभिन्न अनुसन्धानमा पनि उनी संलग्न छन् । उनी आर्थिक किताब पढ्न निकै उत्सुक हुन्छन् । उनी सकेसम्म भौतिक र नत्र इ-बुक पढ्छन् ।
वर्तमान नेपाली पत्रकारिताबारे धारणः
नेपालमा बार्षिक ७५ करोडजतिको विज्ञापन कारोबार हुने र त्यसैबाट १० हजार मिडिया टिक्ने निराशाजनक अवस्था रहेको उनले बताए । ‘पत्रकारिता पढिरहेको विद्यार्थीलाई मैले डिस्करेज गर्न खोजेको त हैन, तर पत्रकरिता जसरी अघि बढिरहेको छ । त्यसले प्रश्न उठायो । पत्रकरितामा ABC हुनुपर्छ’, उनी भन्छन् । आचारसंहिता, गोपनियता, मर्यादामा पत्रकारले ध्यान दिनुपर्ने उनको भनाई छ । पत्रकार बन्नका लागि सैद्धान्तिक ज्ञान पनि हुनुपर्ने उनको धारणा छ । ‘इन्टरनेटमा सही र गलत सूचना दुवै छ । हामीले कुन ग्रहण गर्ने भन्नेम हाम्रै हात रहन्छ । एक हप्ताअघि अमेरिकामा निस्किेके किताब हामी अनलाइनमै सस्तो शुल्क वा निःशुल्क पढ्न सक्छौ । पत्रकारले हरेक कुराहरु पढ्नुपर्छ’, उनी भन्छन् ।
पत्रकारितामा खुसीको क्षणः
आफूले गरेको काम चिनेर राज्यले सम्मान गर्दा सबैभन्दा खुसी लाग्ने उनले बताए । कोकाकोलाले कर छलेके बिषयमा लगातर ४८ वटा समाचार लेखेर कर तिर्न बाध्य बनाउँदा राज्यका लागि केही गर्न सकेको भन्दै उनी आफैमा गर्व गर्छन । उनको समाचार आएपछि कोकाकोला सरकारलाई ३५ मिलियन डलर कर तिर्न बाध्य भएको थियो । ‘पत्रकारले गरेका कामको सबैले प्रशंसा गर्दा पेट नभरिए पनि मन आनन्द हुन्छ, राती मिठो निन्द्रा लाग्छ’, उनले भने । कतिपय सञ्चार गृहमा अहिले पनि कतिपय पत्रकारको बाइलाइन नआउने गरेको उनको गुनासो छ । पत्रकारको बाइलाइन राखिदिनु पनि पत्रकारका लागि ठूलो कुरा हो उनी भन्छन ।
अपांगता भएका पत्रकारका लागि सरकारले के गरिरहेको छ ?
नेपालमा हाल ६० जना पत्रकार अपांगता भएको र १० जना क वर्गमा रहेपनि सरकारले उचित जीवनोवृति नदिएको उनको दाबी छ । उनले भने ‘हामीले कम्तीमा १०/१२ हजारको औषधी नै खानुपर्छ । तर, यिनीहरुको ध्यान गएको छैन । ‘
भोलिको सपनाः
‘म आफूलाई सपना देख्ने मान्छे। आउँदो सन् २०५० सम्म आर्थिक क्षेत्रमा यो देशको सरकारलाई घच्घच्याएर समृद्ध देशको नागरिक बन्न चाहान्छुु’, उनी भन्छन् । नेताहरुमा आर्थिक चेत पनि नभएको उनको भनाई छ । अबको समयमा अपांगता भएका, सीमान्तकृत र गरिबीको रेखामुनी रहेका नेपालीको बारेमा पैरवी गर्ने बुढाथोकीको सपना छ ।