काठमाडौँ । देशैभर मध्यराती भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौँ, धनगढी, बैतडी लगायत क्षेत्रका बासिन्दाहरूले सामाजिक सञ्जालमा धक्का महसुस गरिएको बताएका छन् । भूकम्प आएपछि सुतेका केही मान्छे घरबाहिर आएका छन् ।
राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।