राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक मार्ग प्रष्ट पारेको छ । महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरिएको हो।
रास्वपाको केन्द्रिय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ। पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ।
रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्ने प्रस्तावनामा उल्लेख गरेको छ । रास्वापा आफ्नो राजनीतिक मार्गमा मौनजस्तै रहदा जनमानसमा पार्टीबारे द्धविधा थियो । कतिपयले रास्वपा राजसंस्थाप्रति नरम रहेको भन्दै टिप्पणी गर्ने गर्थे ।
यस्तै, रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।
महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै, पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।