उदयीमान मोडल अनमोल भण्डारीको ‘चौतारीमा’ सार्वजनिक भएको छ । चौतारीमा बोलको लोक दोहोरी गीत डिजिटल स्टार नामक युट्युबमार्फत सार्वजनिक भएको हो ।
गायक कृष्ण पौडेल र बिनिता पौडेलको स्वरमा सजिएको सो गीतमा अनमोल भण्डारीको अभिनय छ। गीतमा सुरेश भुर्तेलले संगीत भरेका छन् । सांगितिक क्षेत्रमा निरन्तर लाग्दै योगदान दिने अनमोलको ध्येयमा यो गीतले पनि ठूलो भूमिका खेल्ने उनको अपेक्षा छ ।