सामाजिक अभियान्ता भनिएका र जथाभावी समेत बोलेर चर्चामा आउन खोज्ने डिल्लीराम खनाल एक बर्षमै तेस्रोपटक प्रहरीको खोरमा परेका छन् । साहिल केसीले चलाएको न्यू अनलाइन टिभी नामक युट्यूवमा अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या हुनेगरी अन्तर्वार्ता दिएर उनी गत बर्षको फागुनमा पक्राउ परेर १ लाख धरौटीमा छुटेका थिए । दोस्रोपटक गत कार्तिकमा नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका खनाल तेस्रोपटक पक्राउ परेका हुन् ।
करिश्माले दायर गरेको मुद्धामा सोमबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश श्यामलाल घिमिरेको इजलाशमा पेशी तोकिएको थियो । तर, न्यायाधीशले उनी थुनामा रहेको भन्दै पूर्वसूचना दिई अदालतमा बोलाउन आदेश दिएका छन् ।
चिन्दै नचिनेका मान्छेलाई समेत खनालले यसरी फसाए
अभिनेत्री मानन्धरको चरित्र हत्या हुनेगरी अन्तर्वार्ता दिएर पक्राउ परेका उनले गत बर्षको फागुनमा साइबर ब्युरो र सरकारी वकिलको कार्यालयमा अन्तर्वार्ता लिने व्यक्ति गोकर्ण जोशी हुन् भन्दै झुटो बयान दिएका थिए । जबकी जोशी नागरिक पत्रमा कार्यरत छन् र खनालसँग उनको चीनजानसमेत छैन ।
उनले जोशीले तीन चार पटक अन्तर्वार्ता लिएको भन्दै बयान दिएर जोशीलाई समेत फसाएर अपराधमाथि अर्को अपराध गरेका थिए । जोशीको नाम लिएपछि युट्युब च्यानलबारे अनुसन्धान गर्नुपर्नेमा साइबर ब्युरोले जोशीकै नाम राखेर प्रतिवेदन तयार गरेको थियो । यसबाट उल्टै षडयन्त्रपूर्वक तरिका जोशीलाई मुद्धा लगाइएको छ ।
जबकी न्यू अनलाइन टिभीका सञ्चालक एवं अन्तर्वार्ता लिने, प्रसारण गर्ने व्यक्ति साहिल केसी हुन् । घटना थाहा पाएपछि जोशी साइबर ब्युरामा पुग्दा ब्युरोले अदालत नै जान भनेको छ । अदालतले जोशीबाट समेत ५ हजार धरौटी लिएको छ र समयमै फैसला नआउँदा गल्ती बिना नै पटकपटक अदालत धाइरहुन परेको छ । यही घटनाले खनालले सामाजिक अभियान्ताको खोलमा निर्दोषलाई समेत फसाउने पुष्टि भएको छ।