कहिले देशको गौरव सेनाको बिषयमा विवादित कुरा त कहिले सरकारी छाप किर्ते गरेर प्रहरीको खोरमा पर्दै आफूलाई अभियान्ता बताउने डिल्लीराम खनालले चिनजान र कुनै सम्बन्ध नै नभएका व्यक्तिलाई बयानमा पोलेर फसाएका छन् । नागरिक पत्रका सञ्चालक रहेका गोकर्ण प्रशाद जोशीलाई न्यू अनलाइन टिभी नामक युट्युब च्यानलको सञ्चालक र आफ्नो विवादित अन्तरवार्ता लिएको भन्दै उनले फसाउने चलखेल गरेका हुन् ।
१ बर्षअघि आफ्नो निजी जीवनबारे आपत्तिजनक कुरा बोलेको भन्दै एक अभिनेत्रीले साइबर ब्युरोमा उजुरी हालेपछि डिल्लीराम पक्राउ परेका थिए । उनले न्यू अनलाइन टिभी नामक युट्युबमा पटकपटक अन्तर्वार्ता दिएको देखिएको छ । जसका सञ्चालक साहिल केसी नामक व्यक्ति हुन् ।
तर, डिल्लीरामले षडयन्त्रपूर्वक रुपमा चिनजानसमेत नभएका गोकर्ण जोशीले फोन गरेर अन्तर्वार्ता दिन बोलाएको झुटो बयान दिएका थिए। अहिले उनले जोशीसँग आफ्नो चिनजान नै नभएको र आफूले त्यस्तो बयान नदिएको झुटो दाबी गरिरहेका छन् ।
देशकै जिम्मेवार र दक्ष जनशक्ति एवं उपकरण भएको साइबर ब्युरोले अन्तरवार्ता प्रकाशित च्यानलको विस्तृत विवरण र अध्ययन अनुसन्धान नै नगरी अर्कै मिडियामा कार्यरत व्यक्तिको नाममा मुद्धा अघि बढाएको थियो । अदालतमा १ बर्षअघि परेको मुद्धाको हालसम्म पनि टुंगो लागेको छैन ।