नेपालीको घर घरमा खाजाको रुपमा प्रयोग गरिने वाइवाइ चाउचाउ गुणस्तरहीन भेटिएको छ । विनोद चौधरी सञ्चालक रहेको सिजी ग्रुपअन्तर्गत रहेको चाउचाउमा एसिड भ्यालु १३.९३४ मिलिग्राम देखिएको छ । यसको भ्यालु १ मिलिग्राम भन्दा बढी हुनु हुँदैन ।
गुणस्तर फेल भएको चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुप सानेपालाई काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ भने ब्याच नं ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । महानगरपालिकाको वडा नं। ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो ।
२०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं। ए एल वाइ एल २३ का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइयो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको हो ।
चाउचाउको विक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजले महानगरपालिकालाई उक्त व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिवद्धता पत्र पठाएको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी.जी. फुड नेपाल हुने पत्रमा उल्लेख छ ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको महानगरले जनाएको छ ।
वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ । महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो ।
गत चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. एएल÷वाइएल २३का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।
यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । गत ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको जानकारी दिएको छ।
प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए ।
नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, “खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।”
रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४मिलिग्राम देखिएको छ । यसको भ्यालु १ मिलिग्राम भन्दा बढी हुनु हुँदैन । तर, यसको भ्यालु १ एमजी भन्दा बढी हुन नहुने खाद्य प्राविधिक अनिल बस्नेतले बताए । उनका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने उनको भनाइ छ ।
“खाद्य प्राविधिक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखिन्छ सक्छ,” खाद्य प्राविधिक बस्नेतले भने ।
काँग्रेस सांसदसमेत रहेका विवादास्पद व्यापारी चौधरी अध्यक्ष रहेको उक्त कम्पनीको चाउचाउमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने अखाद्य सामग्रीको मिसावट रहेको पुष्टि भैसकेको छ ।
चौधरीले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा उक्त घटनालाई लिएर अनेक टिकाटिप्पणी हुन थालेका छन् ।
यता,चौधरी ग्रुपलाई महानगरले जरिवाना तिराउने निर्णय गरेपछि व्यापारी विनोदलाई गाली गर्नेहरुको संख्या सामाजिक सञ्जालमा धेरै देखिएको छ । स्वास्थ्यमा हानी गर्ने चाउचाउ मात्र नभएर यस कम्पनीका अरु उत्पादन पनि बन्द गर्न प्रेमसिंह बागको सुझाव छ । उनले लेखेका छन्, ‘चाउचाउ र कम्पनी बन्द गरेको राम्रो चौधरी सर १’
उदय घिमिरेले चौधरीको आधिकारिक अकाउन्टलाई ट्याग गर्दै भनेका छन्, ‘जनताको स्वास्थ्यमाथि यति घात किन रु पाप लाग्छ है पाप १’ भीम चौधरीले उत्पादक कम्पनी बन्द गरेर सञ्चालकलाई जेल हाल्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘यो चाउचाउको कम्पनी शिल गरिनुपर्छ र सञ्चालकलाई जेल हाल्नुपर्छ । अब फेरि बालेनको राजीनामा माग्छ होला काँङ्ग्रेसले । आखिर सांसद परे मालिक विनोद चौधरी १’
विजय महर्जनले भने केही फरक विचार व्यक्त गरेका छन् । दुई खर्बको मालिकलाई दुई लाख मात्र जरिवाना तिराउनु लज्जास्पद भएको उनको बुझाइ छ । ‘खर्बपतिलाई मात्र दुई लाख जरिवाना १ त्यही माथि यति संवेदनशील अपराध गर्नेलाई १’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
विश्वास शर्माले भने रोचक प्रंसग जोडेका छन् । चौधरी ग्रुपले चाउचाउको गुणस्तर गतिलो छैन भन्ने थाहा हुँदाहुँदै पनि सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड गरिररहेको उनको तर्क छ । भन्छन्, ’कान्तिपुर टिभीको इट्स माइ शो कार्यक्रममा यो वाइवाइ चाउचाउ स्वयम् निर्वाण र वरूणले एक चिम्टी पनि खान नसकेको प्रत्यक्ष उदाहरण छ । आफूचाहिँ नखाने, अरुलाई खुवाउने रु यसैबाट थाहा हुन्छ, यो कम्पनीको ठगी धन्दा ।’
स्मरण रहोस्, पाँच वर्षअघि कान्तिपुर टिभीको उक्त कार्यक्रममा विनोदका छोराहरु बरुण,निर्वाण र राहुल अतिथि थिए । प्रस्तोता सुरजसिंह ठकुरीले रमाइलोका लागि भन्दै एक–एक वटा वाइवाइ चाउचाउ खानुपर्ने ‘खेल’ खेलाउँदा विनोदका छोराहरुले आफ्नै कम्पनीको उत्पादन वाइवाइ खान हिचकिचाएकोमा तत्काल ठकुरीले सोधेका थिए, ‘तपाईंहरुले नै चाउचाउ खानुहुन्न भने अरुले कसरी खान्छन् रु’
त्यसपछि बाध्य भएका विनोदका तीनभाइ छोराले चाउचाउको प्याकेट खोलेर अलिकति चाखेको जस्तो गरेपछि बाँकी टेबलमा छोडिदिएका थिए । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार वाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ ।
चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ९घ० बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
ब्याज नं। ६० जीएसआरएस २०, २०८० मा उत्पादित चाउचाउमा एसिड भ्यालु धेरै देखिएको भन्दै तुरुन्त बजारबाट उक्त लटको उत्पादन फिर्ता गरी त्यसको प्रमाणसमेत पेश गर्न महानगरपालिकाले निर्देशन दिएको छ ।
महानगरपालिकाले सो चाउचाउको नमूना प्रयोगशालामा परीक्षणका लागि लगेकोमा परीक्षण प्रतिवेदनले खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।
खाद्य प्राविधिकहरूले यस्तो हुनुलाई तेलको गुणस्तर नभएको भनेका छन् । यस्तो चाउचाउको निरन्तरको सेवनले क्यान्सरलगायत घातक रोग लाग्न सक्ने उनीहरूको भनाइ छ ।
यता महानगरले डण्डा चलाएपछि पछि चौधरी ग्रुपले वाइवाइले गुणस्तरका कारण एसिया, युरोप र अमेरिकामा प्रसिद्धि पाइरहेको भन्दै प्रष्टीकरण दिएको छ । उसले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने दाबी गर्दै वाइवाइ विश्वका ३५ भन्दा बढी देशमा बिक्री हुँदै आएको जनाएको छ ।
सीजी भन्छ, ‘आज सीजीले विभिन्न पाँच देशहरूबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको छ । विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नूडलल्सको वृद्धि पछाडिको एउटा प्रमुख कारक यसको गुणस्तर नै हो । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुँदै गएको छ ।
सीजीले कच्चा सामान फ्याक्ट्री पुग्नुअघिदेखिनै गुणस्तरमा ध्यान दिएको र आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्ने बताएको छ ।
प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नुअघि गुणस्तर जाँचको मापदण्ड पूरा गरेको हुनुपर्ने भन्दै सीजी भन्छ, ‘यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ । प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ । दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन् ।’
सीजीले परीक्षणका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरू मार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित रहेको पनि जनाएको छ ।
सीजीले वाइवाइको गुणस्तरबारे कुनै शंका नगर्न आग्रह गर्दै भनेको छ, ‘विश्व प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको छ ।
वाइवाइको सफलता धेरै वर्षदेखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो । त्यसैले नै सीजीका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको छ ।’
सिजी ग्रुप अन्तर्गत रहेको वाइवाइ चाउचाउ गुणस्तरहीन फेला परेको प्रमाणित भइसकेपछि हामी जनताले सकेसम्म चाउचाउ तथा जंक फुडहरु भन्दा घरमै बनेका अर्गानिक खानेकुराहरु प्रयोगमा जोड दिएमा विभिन्न रोगहरुबाट बच्दै स्वस्थ जीवन बिताउन सकिन्छ ।
आजकल बच्चादेखि लिएर अभिभावकसम्म घरायसी खानेकुरा भन्दा बजारीया खानेकुरामा बढी जोड दिने भएकोले पनि स्वास्थ्य समस्याले विश्वमा गम्भीर रुप लिएको एक अध्ययनले जनाउँछ । त्यसैले बजारीया खानेकुराभन्दा घरायसी खानेकुरामा जोड दिऔँ र आफू र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राखौँ ।