कानून दिवसको अवसर पारेर नेशनल ल कलेज, विद्यार्थी कल्याण परिषदले कानून महोत्सव आयोजना गर्न लागेको छ । ”Connecting Legal Faculty” आदर्श वाक्यका साथ आउदोँ बैशाख २६ गतेदेखि महोत्सव आयोजना गर्न लागिएको हो ।
कानूनका प्राध्यापक, कानूनका अध्येता र सम्पूर्ण न्यायक्षेत्रसँग सम्बन्धित कानुन व्यवसायी, सरकारी वकिल, न्यायाधीशहरु लगायतका न्यायप्रेमीहरुलाई एउटै मन्चमा ल्याउने र त्यस अवसरलाई विद्यार्थीहरुको लागी कानूनी ज्ञान हासिल गर्ने सुअवसर बनाउने कार्यक्रमको उद्धेश्य रहेको कलेजका विद्यार्थी कल्याण परिषद सभापति रिजन नरसिंह केसीले बताए ।
कार्यक्रममा नेपालमै पहिलो पटक Legal Hackathon, AI with Law कन्फ्रेन्स लगायत विभिन्न कानूनी विषयहरुमा छलफल समेत गर्न लागिएको छ । साताव्यापी यस कार्यक्रमको तालिका यसप्रकार छ:
कार्यक्रमको तालिका
बैशाख २६ Opening Ceremony + Hackathon
बैशाख २७ AI with Law (Training + Conference)
बैशाख २८ Law Discourse (Multiple sessions:
1. Jurisprudence of War
2. TRC Talk
3. Climate diplomacy and energy democracy)
with Human Right Film Screening in the evening.
बैशाख २९ Intra Law College Nepali Moot Court Competition
बैशाख ३० – समापन समारोह
1. Constitutional talk with experts.
2. Drama – दोषी चश्मा
घ। हरिवंश त्रिपाठी अभ्यास अदालत प्रतियोगिता घोषणा
4. Musical Eve
5. Drama 2 – “Crime Scene”
6. Flash Mob
7.Live Art