यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको कुनै भीआइपी ठाउँजस्तो जस्तो देखिने यो दृश्य धरहरा आसपासको हो । धरहराअगाडि चारैतिर सिसा प्रयोग गरेर बनाइएको यो प्रतीक्षालयले सबैको ध्यान खिचेको छ। सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो प्रतीक्षालय धरहरा पुनर्निर्माण अन्तर्गत नै बनाइएको हो।
कतिपयले काठमाडौँ महानरका मेयर बालेन शाहले बनाएको भनेपनि धरहरा निर्माण ठेक्का पाएको कम्पनी जिआइइटिसी–रमन जेभीले यी प्रतिक्षालय बनाएको हो। धरहरामा आउने सर्वसाधारणलाई सहज होस् भन्ने हेतुले त्यहाँ प्रतीक्षालय बनाएको हो।
प्रतीक्षालयको रंगरोगन र टुटफुट मर्मतका काम बाँकी रहेको उनले बताए। २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले ढलेको धरहरा र परिसरका सम्पूर्ण संरचनाहरू बनिसकेका छन्। यद्यपि, सर्वसाधारणहरूले धरहरा टावर चढ्न अझै केही समय कुर्नुपर्ने अवस्था छ।