जुगल बिल्डर्सका नरेश प्रसाद ओझाले जारी टी–२० विश्वकपमा नेपाली टोलीलाई पुरस्कारको घोषणा गरेका छन् । अमेरिका र वेस्टइन्डिजमा भइरहेको विश्वकपमा उनले शतक बनाउने खेलाडीलाई रू १ लाख र खेल जित हासिल गरेमा प्रत्येक जित स्वरूप टोलीलाई रु २ लाख दिने घोषणा गरेका हुन् ।
नेपाली क्रिकेट टिमको हौसला बढाउन यस्तो घोषणा गरेको क्रिकेटप्रेमी तथा ओझा निकट तोरण चन्दले नागरिक पत्रलाई बताए । उनले, ‘भने नेपाली क्रिकेट टिमको हौसला बढाउन पुरस्कार घोषणा गरिएको हो । नेपाली टिमलाई तिको अग्रिम शुभकामना ।’
नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।
टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो ।