सिधाकुरा डटकमबाट प्रकाशित डार्क फाइल नामक अडियो डिल बाहिर ल्याएका राजकुमार तिमिल्सनाले अन्तर्राष्ट्रिय समुदायमा जाने बताएका छन्। काठमाडौँको संवाद क्लब नेपालमा बोल्दै उनले डार्क फाइलको सत्यतथ्य परीक्षणमा आफ्नो विश्वास नरहेको भन्दै नेपाली भ्रष्टाचारको छानबिन अन्तर्राष्ट्रिय स्तर हुनुपर्ने बताएका हुन् ।
सिधाकुरा डट कममा प्रसारण भएको ‘डार्क फाइल’ को अडिओ झुटो भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको खबर आज विभिन्न मिडियाहरुमा आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘हामीले भ्रष्टाचार विरुद्धमा विभिन्न समयमा राज्यको विद्यमान कानुनमा रही गरेका स्टीङ अपरेसनहरू लाई सेटिङका नाममा केही तस्कर माफिया र भ्रष्ट निकायहरूले राज्यको खर्बौं रुपैयाँ नोक्सान हुने गरी गरेका निर्णय र काम कारबाहीप्रति अन्तर्राष्ट्रिय स्तर जानकार रहेको मैले पाए।’
‘सोही आधारमा द डार्क फाइलले चलाएको भ्रष्टाचार विरुद्ध अभियानले यस मुद्दालाई अब अन्तर्राष्ट्रियकरण गर्न ट्रान्सपेरेन्सी इन्टरनेसनलको केन्द्रीय कार्यालयमा नेपाल तथा विदेशमा रहनुभएका केही साथीहरूको समन्वयमा मैले गरी मुद्दा दायर तयारी गरेको छु’, उनले भने ।
हेर्नुहोस् भिडियोः