नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ बर्षसम्म नवगठित सरकारको नेतृत्व गर्ने भएका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका हुन् ।
असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र त्यसपछि चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने बताए ।
‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले २ वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने’, ओलीले भने ।
असार १७ को सहमति कार्यान्वयन भइरहेमा अब ओली २०८३ असारसम्म प्रधानमन्त्री बन्ने देखिएको छ । त्यसपछि देउवाले चुनावअघिसम्म सरकारको नेतृत्व गर्नेछन् ।