सिंगटी हाइड्रो इनर्जीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म पाउने देखिएको छ । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १०० भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले चैत ६ गते देखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरिएको छ । कम्पनीले बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणको निष्कासन गरेको थियो । उक्त आईपीओ चैत २७ गते बाँडफाँट भएको हो ।
बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । रितपूर्वक आवेदन दिने १५ लाख ६५ हजार ५३० जनाले शेयर माग गरेका थिए । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ योग्य आवेदन परेको थियो भने ५ हजार ७२८ जनाको आवेदन रद्द भएको थियो । योग्य आवेदक मध्येबाट पनि १२ लाख ९० हजार १०२ जनाको हात खाली भएको थियो ।
म्याग्दीमा ६६२ मेवा क्षमताका १८ ओटा जलविद्युत् आयोजना निर्माण हुँदै ‘हाइड्रो डिष्ट्रिक’ अर्थात् जलविद्युतको जिल्लाको रुपमा परिचित हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलाहरुमा ६६२ मेगावाट(मेवा) क्षमताका १८ ओटा जलविद्युत् आयोजनाहरु निर्माणको चरणमा प्रवेश गरेका छन् ।
म्याग्दीका प्रमुख जलाधार क्षेत्र कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र सहायक विभिन्न नदीमा १८ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका विद्युत विभागले बताएको छ । निर्माणाधीन १८ ओटा जलविद्युत् आयोजनामा ६६२ मेवा विद्युत् उत्पादनको लक्ष्य रहेको छ ।
कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि दर्जनभन्दा जलविद्युत् आयोजनाले काम गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।
उनका अनुसार अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नेपाल विद्युत् प्राधिकरणबाट उत्पादन भइरहेको दुई मेवा क्षमताको तातोपानी साना र घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेवा क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् भने नारच्याङमा मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेवा क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना परिक्षणको अन्तिम चरणमा छ ।
त्यसैगरी निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेवाकोे निलगिरि जलविद्युत् आयोजना, ७१ मेवाको निलगिरि २, हाइड्रो सर्पोट प्रालिले दानामा ५३ दशमलव ५ मेवाको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेवा, हिम कन्सल्टले नारच्याङमा ६ मेवाको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेवाको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट ग्रूपले ४ मेवाको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको योजनामा छन् ।
त्यस्तै पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेवाको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माण गर्ने योजना सडक पहुँच विस्तारमा लागेको छ । उत्तरी म्याग्दीको रघुगंगा नदीका चार जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
४० मेवाको राहुघाट जलविद्युत आयोजना, तुदी पावर कम्पनीले ३७ मेवाको राहुघाट मंगले, तुदी पावर कम्पनीले ४८ मेवाको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ द्यशमलव ३ मेवाको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेवाको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३ दशमलव ५ मेवाको अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् ।
जिल्लामा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ ।
धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यसमा मिसिने अन्य खोलाबाट करीब १५० मेवा क्षमतासहित पाँच ओटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका लागि निर्माणको चरणमा प्रवेश गरेका छन् । चिमखोलाको बगरखोलामा ५ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि मोना हाइड्रोपावर लिमिटेडले विद्युत् खरीदविक्री सम्झौताको चरणमा पुर्याएको छ ।
४० मेवा क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन यस नदीमा २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला, ३५ दशमलव ५ मेगाघाट क्षमताको राहुघाट मंगलेले समेत निर्माणकार्य शुरु गरेका छन भने ४८ मेवाको अपर राहुघाट जलविद्युतको समेत ठेक्का लगाएर निर्माणकार्य प्रारम्भ गर्ने तयारी गरिएको छ ।
रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेकोे २१ द्यशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनामा निर्माण पूर्वका कार्यलाई अघि बढाएको छ । रघुगंगा नदीको चिमखोलामा तुँदी पावर कम्पनीले ३५ दशमलव ५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शुरु गरेको छ ।
तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरी ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । रघुगंगा नदीमा यसअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेवा क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको करीब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।
तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजनामा पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट मुख्य सुरुङ खन्ने कार्यले तीव्रता पाएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । ६०० मिटर बढी मुख्य सुरुङ खनिसकिएको छ ।रघुगंगाको विकट क्षेत्रमा जलविद्युत् आयोजनाको निर्माण सुरु भएसँंगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ ।
गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भीरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्यमार्फत सडक पहुँच आयोजनासम्म पुर्याएको छ । निरन्तर बगिराख्ने नदीमा आयोजना सञ्चालन सुखद हो तर आयोजना निर्माण कम्पनीले ढिलासुस्ती गरेर स्रोत ओगट्नेमात्र काम भएको हुँदा सरोकारवालाले निगरानीतर्फ ध्यान दिन स्थानीयले माग गरेका छन् ।