आफूलाई समाजसेवी भन्ने पुण्य गौतमले नागरिकपत्र डटकमका सञ्चालक गोकर्ण प्रशाद जोशीविरुद्धसमेत रविरत्न चुडालमार्फत झुटो उजुरी हाल्न लगाएका छन् । सिलौटो कटेजमा साउन १६ गते आफूमाथि भएको अभद्र व्यवहारमा जोशीको समेत नाम मुछेर प्रहरी वृत सिंहदरबारमा उजुरी दिएको भन्दै नेपाल प्रेसले समाचार लेखेको छ ।
केही दिनयता आफूलाई समाजसेवी भन्ने पुण्य गौतमले नागरिक पत्रलाई ओली सरकारको पक्षमा समाचार नलेखे पक्राउ गराउने चेतावनी दिदैँ आएका थिए । सोही कुराको फोन रेकर्ड सार्वजनिक गर्दा उनले हटाउन गरेको आग्रह नमानेपछि उनले जोशीलाई फसाउने धम्की दिएका थिए । त्यसैको रिसमा पुण्यले चुडाललाई प्रयोग गरेर बदमासी गरेका हुन् । चुडालसँग जोशीको चिनजानसमेत छैन ।
चुडालले जोशी सम्बन्धित नै नरहेको, खिच्न जादैँ नगएको र संलग्न भनिएका कसैसँग चिनजानसमेत नरहेको व्यक्तिको नाममा उजुरी दिएर निर्दोष व्यक्तिको नाम मुछेर अपराध गरेका छन् । चुडालले उजुरीमा भनेजस्तो साउन १६ गते सञ्चालक जोशी सिलौटो कटेजमा गएकै छैनन। सो भिडियो नागरिक पत्रले प्रसारण गरेको छैन । यसको प्रमाण त्यहाँ उपस्थित कोही अथवा सिसिटिभी फुटेज नै हेर्न सकिन्छ । घटनामा संलग्न भनिएका व्यक्तिहरुको भिडियो नागरिक पत्रमा अहिलेसम्म प्रसारण भएको छैन । यसरी गौतमको षडयन्त्रमा कुनै सम्बन्ध नै नरहेको व्यक्तिको चरित्रहत्या, बेइज्जतीको प्रयास भएको हो ।
न्यूज भण्डार प्रा.लि.ले झुटो आरोप लगाई धम्क्याउन खोजिएको यो कार्यको भत्र्सना गर्दै कानुनी राज्यमा सबैले न्याय पाउने कुरा मनन गर्दै कसैलाई कमजोर ठानी धाकधम्की दिने र प्रमाणविहीन प्रपञ्च नरच्न चेतावनी दिएको छ ।
हेर्नुहोस् विज्ञप्तिः