श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले घुस उठाएर बुझाउन तयार नभएपछि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सरुवा गरेको आरोप लागेको छ ।
कोरोना महामारीले वैदेशिक रोजगार थला परेको र कतिपय मेनपावर व्यावसायीहरू कार्यालयको भाडा तिर्न नसकेर पलायन भएको अवस्थामा महानिर्देशक दाहालले घुस उठाएर बुझाउन नसकेको भनि उनले सरुवा गरेको आरोप लागेको छ ।
प्रधानमन्त्री केपी ओलीले सडकबाट टपक्क टिपेर मन्त्री बनाइएका चौधरीले अब चुनाव जित्ने सम्भावना क्षीण भएपछि जतिसक्दो उठ्तीप्ठ्तीमा ध्यान केन्द्रित गरेको कर्मचारी श्रोत बताउछ । श्रममन्त्री चौधरीले कतार प्रहरीमा नेपाली युवालाई भर्ती गर्नका लागि एसओएस मेनपावरलाई स्वीकृति दिने क्रममा करोडौं लेनदेन गरेको चर्चा छ ।
कतार प्रहरीमा एक हजारभन्दा बढी नेपाली युवाहरू भर्ती गर्ने तयारी छ । त्यसका लागि कालोसूचीमा परेको एसओएस मेनपावरलाई मन्त्री चौधरीले जिम्मा दिएको विषय नै रहस्यमय बनेको छ । एसओएस मेनपावरले कतार प्रहरीमा भर्ना हुने युवाहरूसँग प्रतिव्यक्ति १० लाखसम्म असुली गरेको श्रोतले बताएको छ ।
महानिर्देशक दाहालले एसओएस मेनपावरलाई कतारमा प्रहरीको माग स्वीकृति दिन नमानेपछि मन्त्री चौधरीले मन्त्रालयबाट उनलाई थाहै नदिई कालोसूची फुकुवा गरेका थिए । त्यसो त ओली सरकारमा मन्त्री बनाइएका माओवादी पृष्ठभूमिका हरेक मन्त्रीको ध्यान कमाउधन्दामा केन्द्रित रहेको गुनासोहरू प्राप्त भएका छन् । प्रभु साहले सहरी विकास मन्त्रालयका हरेक नियुक्ति र ठेक्कापट्टामा हस्तपक्षेप गर्दै आएको गुनासो छ ।